टेलिकमको एमडीमा सुनील पौडेल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी)मा सुनिल पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो ।

पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका छन् ।

यसअघि मन्त्रिपरिषदमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिश भएको थियो । उक्त नामहरुमध्येबाट पौडेलको नियुक्ति भएको हो ।

समितिले इच्छुकबाट आवेदन माग गरेकोमा ९ जना अन्तवार्ताका लागि छानिएका थिए। चैत २२ र २३ गते भएको अन्तवार्ताबाट तीन जनालाई सिफारिस गरेको थियो।

संगीता पहाडी, बुद्धिप्रसाद आचार्य र सुनिल पौडेलको नाम सिफारिस भएको  थियो। सिफारिस भएकामध्ये पहाडी कम्पनीमै कार्यरत छन् भने आचार्य पूर्वप्रबन्ध निर्देशक हुन्। पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक छन्।

  • २५ चैत्र २०७८, शुक्रबार १०:०७ प्रकाशित