नेपाल बारको निर्वाचन : सबै पदमा गठबन्धन उम्मेदवारको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ ।हालसम्म जारी मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले सुरुवाती देखि नै अग्रता कायम राखेका छन् । घिमिरेले प्रगतिशील समूहका अध्यक्ष विष्णुमणि अधिकारीको भन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् ।

गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले २२४० मत पाउँदा प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीले ११६९ मत प्राप्त पाएका छन् । अध्यक्षका प्रत्यासी घिमिरे अधिकारीभन्दा १ हजार ७१ मतले अगाडि छन् ।

त्यसैगरी सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई करिब ६ सय मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले १ हजार ९७५ मत पाउँदा प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले १ हजार ३४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीमध्ये प्रदेश १ बाट सुरज खत्री, मधेश प्रदेशबाट सुशीरकुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तम प्रसाद आचार्य र सुदूरपश्चिमबाट तुलाराम गिरी अगाडि देखिएका छन् । अन्य सबै पदमा पनि सत्ता गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

  • २४ चैत्र २०७८, बिहीबार १४:५७ प्रकाशित