आज टेलिकमको एमडी नियुक्त गर्दै मन्त्रीपरिषद : यी तीनमा को बन्लान् ?

केन्द्रभाग मिडिया

काठमाडौं।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिकमको एमडी नियुक्त गर्ने भएको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जना मध्येबाट तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिस भएको हो ।

सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिश गरेको छ ।

अर्याल र थापा नेपाल टेलिकमकै कर्मचारी हुन् । पौडेल भने सूचना प्रविधि केन्द्रमा छन् ।

  • २४ चैत्र २०७८, बिहीबार ०९:५१ प्रकाशित