कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

केन्द्रभाग मिडिया

dead

काठमाडौं ।

ललितपुरमा कारले ठक्कर दिदाँ एक बालकको ज्यान गएको छ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको हो ।

बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

  • २४ चैत्र २०७८, बिहीबार ०९:३३ प्रकाशित