आठ महिनामा सियो मात्रै तीन करोड बढीको आयात

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो ।पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाएको छ ।

सो मुल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ ।विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।

नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ ।

  • २२ चैत्र २०७८, मंगलवार १६:५४ प्रकाशित