१३ जिल्लामा बर्डफ्लू फैलियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय बर्डफ्लु फैलिएको छ । सुनसरीमा पहिलो पटक देखिएको बर्डफ्लु संक्रमण हाल १३ जिल्लामा फैलिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बर्डफ्लू संक्रमण बढेको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुलाई आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको विभागले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको छ । पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।

  • २२ चैत्र २०७८, मंगलवार १४:५५ प्रकाशित