यस्तो छ आजको मौसमी अवस्था

केन्द्रभाग मिडिया

पोखरा ।

आज पनि देशका अधिकांशमा प्रदेशमा मौसम बदली रहने भएको छ ।
भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले केही दिनदेखि पानी परिरहेको छ ।

आज मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • २२ चैत्र २०७८, मंगलवार ०८:५३ प्रकाशित