बतास समूहको आक्रोश : व्यवसायीमाथि राज्य आतङक भएको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले बताससँगको सम्झौता रद्ध गरेको सूचना प्रकाशन गरेपछि बतास समूह आक्रोशित बनेको छ ।

विवादित पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दका सञ्चालक बतास समूहले सम्झौता रद्द पश्चात व्यवसायीमाथि राज्य आतङ्क भएको आरोप लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको धर्मशालामा सञ्चालित होटल आनन्द सम्झौता बमोजिम सञ्चालनमा नरहेको निष्कर्षसहित सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

तर, यस्तो निर्णय ऐन, नियम तथा प्रचलन विपरित मात्र नभई व्यवसायीमाथि राज्य आतङ्क समेत भएको भन्दै बतास समूहले आक्रोश पोखेको छ ।

प्रचलित कानुन बमोजिम २०७६ साल वैशाख ३० गते पशुपति विकास कोषसँग सम्झौता गरी होटल सञ्चालन गर्दै आएको र सम्झौता बमोजिम नियमित रुपमा भाडा समेत बुझाइरहेको अवस्थामा अप्रत्याशित रुपमा सम्झौता खारेज गर्ने निर्णय आउनु दुःखद भएको बतास समूहले बताएको छ ।

सरकारबाट नियोजित रुपमा आएको यस्तो निर्णय खेदजनक रहेको समेत समूहले प्रेस विज्ञप्ति मार्फत बताएको छ ।

  • २१ चैत्र २०७८, सोमबार १४:२२ प्रकाशित