यी प्रदेशमा आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हिजो पनि गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको थियो । मौसमविद्हरुले मौसम पूर्णरुपमा खुल्न केही समय लाग्ने बताइरहेका छन् ।

  • २१ चैत्र २०७८, सोमबार ०९:४० प्रकाशित