कुन महानगर र उपमहानगरमा कति मतदाता थपिए ? (विवरणसहित)

केन्द्रभाग मिडिया

नजिकिदैँ गरेको निर्वाचनमा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मतदाता संख्या बढेको छ ।

२०७४ सालमा भएको निर्वाचनको बेला भन्दा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताको सङ्ख्या ह्वात्तै बढेको छ । सबैभन्दा बढी मतदाता पोखरा महानगरपालिकामा थपिएको तथ्यांकले देखाएको छ। बितेको ५ वर्षमा पोखरा महानगरपालिकामा ३९ हजार ६ सय ४३ मतदाता बढेका छन् ।

विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ मतदाता , काठमाडौँ महानगरपालिकामा २० हजार ९ सय ३३ , ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८ मतदाता बढेका छन् । यस्तै भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता र वीरगन्ज महानगरपालिकामा १६ हजार १४६ मतदाता बढेका छन् ।

यस्तै देशका ११ उपमहानगरहरू अन्तर्गत इटहरी उपमहानगर पालिकामा २६ हजार ९२९ मतदाता बढेका छन् । धरान उपमहानगर पालिकामा २१ हजार ३४ , जीतपुर सिमरा उपमहानगरपालिमा १३ हजार ४०४ मतदाता, जनकपुर उपमहानगर पालिकामा ११ हजार १७५ मतदाता बढेका छन् ।

त्यस्तै कलैया उपमहानगर पालिकामा १३ हजार ८६६ मतदाता, हेटौँडा उपमहानगर पालिकामा २० हजार ८३४ मतदाता, बुटवल उपमहानगर पालिकामा २३ हजार ४०२ मतदाता, घोराही उपमहानगर पालिकामा ३४ हजार ५०० मतदाता बढेका छन् । यस्तै तुलसीपुर उपमहानगर पालिका ३० हजार ७८४ मतदाता, नेपालगञ्ज उपमहानगर पालिका १९ हजार ३९७ मतदाता र धनगढी उपमहानगर पालिकामा १६ हजार ७२१ मतदाता बढेका छन् ।

  • २० चैत्र २०७८, आईतवार १६:२४ प्रकाशित