त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान आज पनि प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान आज पनि प्रभावित भएका छन् ।

कम भिजिबिलिटीका कारण आज पनि उडान र अवतरण पुनः प्रभावित भएको विमानस्ल स्थित नागरिक उड्डयान प्राधिकरणले जनाएको छ। गत सोमबारदेखि काठमाडौंको भिजिबिलिटी कम हुदाँ उडान प्रभावित भइरहेको छ।

आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलले जानकारी दिएको छ । अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने बताइएको छ।

  • २० चैत्र २०७८, आईतवार १४:२० प्रकाशित