चट्याङ लागेर २३ वर्षीय युवकको मुत्यु

केन्द्रभाग मिडिया

ताप्लेजुङ ।

गए राति परेको चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ ।

चट्याङ्ग लागेर सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मुत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु(याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए

  • २० चैत्र २०७८, आईतवार ०९:५५ प्रकाशित