आज यी ५ प्रदेशमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

मौसम पूर्वानुमान महाशाखाले देशका ५ जिल्लामा मेघ गर्जन र चट्याङ्गसहितको वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज बिहान मौसम पूर्वानमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सो कुराको जानकारी दिएको हो ।

महाशाखाको अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागको मौसम भने सामान्यतया सफा रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

  • २० चैत्र २०७८, आईतवार ०८:४९ प्रकाशित