एमबीबीएस परीक्षा दिन जाने चार नक्कली परीक्षार्थी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजबाट सुरु भएको एमबीबीएसको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो ।

महाशाखा को अनुसार नक्कली परीक्षार्थीविरुद्धको अनुसन्धान भइरहेको छ ।

शुक्रबारबाट एमबीबीएस परीक्षा सुरु भएको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार १७:०९ प्रकाशित