‘कैफियत फैसला’ दिने यी दुई न्यायाधीश सर्वोच्चमा तानिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

कैफियत फैसला दिने दुई न्यायाधीश सर्वोच्चमा तानिएका छन् ।

मिटर ब्याज र दुर्घटनासम्बन्धी मुद्दामा ‘कैफियतवाला फैसला दिएको’ भन्दै प्रधानन्यायाधीशले एक्सन लिदैँ काठमाडौं जिल्ला अदालतका दुई न्यायाधीशलाई काजमा सर्वोच्च अदालत तानिएको हो । चैत १४ गते सर्वोच्च अदालतले एक पत्र पठाउँदै काठमाडौं जिल्ला अदालतका न्यायाधीशद्वय सूर्यप्रसाद अधिकारी र अम्बिकाप्रसाद निरौलालाई सर्वोच्च अदालतले काजमा तानेको हो ।

न्यायाधीश सूर्यप्रसाद अधिकारीले गरेको बूढानीलकण्ठ सवारी दुर्घटनासम्बन्धी फैसला र निरौलाले गरेको बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादीलाई सफाई एवं मिटरब्याजी गणेश उप्रेतीलाई सफाई दिएको फैसलामा कैफियत देखिएको भन्दै उनीहरुलाई छानबिनका लागि सर्वोच्च तानिएको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च तानिएका दुई न्यायाधीशमाथि न्याय परिषदमा उजुरीसमेत परेको थियो । सो उजुरीपछि उनीहरुलाई छानबिनका लागि सर्वोच्च तानिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले ती न्यायाधीशद्वयलाई काठमाडौं जिल्ला अदालतबाटै तलब खाने गरी सर्वोच्च अदालत काजमा तानेका हुन् ।

  • १८ चैत्र २०७८, शुक्रबार १६:३४ प्रकाशित