जनकपुर–जयनगर रेल सेवा भोलिबाट : यात्रुले यी कागजपत्र बोक्नुपर्ने

केन्द्रभाग मिडिया

धनुषा ।

विगत १७ महिनादेखि थन्किएको रेल अन्तत् भोलीबाट सञ्चालनमा आउने भएको छ ।

भोली जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन पश्चात रेल सेवा सञ्चालनमा आउने भएको हो । नेपाल र भारतका प्रधानमन्त्रीले भोलि(शनिबार) दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ । सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ ।

नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए । यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।

त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए ।

  • १८ चैत्र २०७८, शुक्रबार १३:२८ प्रकाशित