सृजना माविको फुटसल प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।

सृजना आवासीय माध्यमिक विद्यालयको फुटसल प्रतियोगिता  भएको छ ।

पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा बिहीबार फुटसल प्रतियोगिता भएको हो ।

विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक सूर्य गिरीको संयोजकत्वमा सम्पन्न उक्त खेल भाटभटेनी सुपरमार्केटको फुटसल खेल मैदानमा भएको थियो हो ।

कक्षा १२ सेक्सन ‘ग’ व्यवस्थापनको समूहले छात्रा तर्फ प्रथम स्थान हासिल गर्न सफल भएको छ भने छात्र तर्फ कक्षा ११ सेक्सन ‘ख’ ले प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जानकारी दिएको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार ०७:३८ प्रकाशित