गण्डकी र प्रदेश १ मा मेघ गर्जनसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक /दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

 

  • १८ चैत्र २०७८, शुक्रबार ०७:०९ प्रकाशित