पोखरावासीलाई कृष्ण पहाडीको आग्रह : ‘योजना भएको र प्रकृतिको संरक्षण गर्नेलाई मत दिनुहोला’

केन्द्रभाग मिडिया

पोखरा ।
नागरिक आन्दोलनका अगुवा एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले पोखरावासीलाई विकाश, समृद्धि, प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने र निस्चित योजना भएका पात्रलाई मत दिन आग्रह गरेका छन् । मानवमैत्री विकास र समृद्धि कुनै आकाशबाट या दाताले दिएर नभई जनप्रतिनिधिले नै दिने भन्दै उनले निर्वाचनमा नागरिकले विवेक पु¥याउनुपर्ने बताए ।

मानवअधिकार तथा शान्ति समाजले जारी राखेको ‘हिमालय बचाउँ, नदी जोगाउँ’ ‘गुणस्तरीय स्वास्थ्य सेवा बैज्ञानिक शिक्षा सबैको अधिकार’ ‘युद्ध निषेध : शान्ति विशेष अभियान’ अन्तर्गत पोखरामा बिहिबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनमा सत्रुता र घृणाले ठाउँ पाउन नहुने भन्दै उनले निर्वाचनमा जो आएपनि केही गर्दैनन्, जुन आएपनि कानै चिरेको नठानी योग्य पात्र छनोट गर्नुपर्नेमा जोड दिए । ‘कसलाई मत दिएर के हुन्छ नभन्नुहोस्, मैले यो पार्टी र यो व्यक्तिलाई मत दिनुस् भन्दिन । विकाश गर्ने, प्रकृति जोगाउने योजना भएको पात्रलाई रोज्नुस् । हामी विवेक पु¥याउनुपर्ने निर्वाचनको बेला हो । नत्र पछुताउनुपर्छ’ उनले भने ।

नागरिक आन्दोलनका अगुवा पहाडीले आणविक अस्त्रको उत्पादन र प्रयोग, विभिन्न भाइरस र व्यक्टेरियाको प्रकोप र ग्लोवल वार्मिङ अहिलेको मानव जातीका लागि खतरा राहेको बताए । युक्रेनमा जारी युद्ध रोक्न उनले रुसलाई आग्रह गरेका छन् । युद्ध नरोकिने र रुसले विभिन्न प्रकारका आणविक हतियार प्रयोग गर्नुका साथै त्यसको प्रतिवादमा नेटोले त्यस्तै अस्त्र प्रयोग गर्ने कुराले विश्व नै त्रसित रहेको उनले धारणा राखे । उनले उक्त युद्ध तुरुन्त रोकिनुपर्ने बताए ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार, केन्द्रीय र जिल्ला पदाधिकारीहरुका साथै मानव अधिकार सम्बद्ध विभिन्न व्यक्तिहरुले धारणा राखेका थिए । विहीबार साँझ नै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा शान्तिका लागि दिप प्रज्वलन समेत गरिएको थियो ।

  • १७ चैत्र २०७८, बिहीबार १९:५३ प्रकाशित