नेपाल टेलिकमको एमडीका लागि ९ जना दाबेदार(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं। 

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएपछि संचार मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको छ।मन्त्रालयले प्रबन्ध निर्देशक पदमा दरखास्त दिएका स्वीकृत नौजना उम्मेदवारहरुको सूची बिहीबार सार्वजनिक गरेको छ। उ

म्मेदवारी दिनेहरुमा नेपाल टेलिकमका पूर्व एमडी बुद्धि आचार्य, टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत संगीता,खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल रहेका छन् ।

यस्तै टेलिकमकै पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापा पनि एमडी बन्नेहरुको सूचीमा छन्। त्यसैगरी, टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंहले पनि उम्मेदवारी दिएका छन् ।

एमडीको प्रतिस्पर्धामा नगेन्द्रकुमार दास र दीपकबहादुर शाही रहेको मन्त्रालयले जनाएको छ।

  • १७ चैत्र २०७८, बिहीबार १५:११ प्रकाशित