सप्तरी ।
म्यादी प्रहरी बनाईदिन्छु भन्दै पैसा ठग्ने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लिने गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ ।
पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।