असन्तुष्ट तीन डीआईजीले एआईजी सिफारिसविरुद्ध सर्वोच्चमा हाले रिट

केन्द्रभाग मिडिया

काठमाडौं ।

एआईजीमा बढुवा गर्न भएको सिफारिसमा असन्तुष्टी जनाउँदै आएका तीन डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन् ।

असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गरेका हुन् । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।

बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो ।

उजुरी सुन्ने समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को विहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

  • १७ चैत्र २०७८, बिहीबार १३:५६ प्रकाशित