किर्ते सही गर्ने आँधिखोला ३ का वडाध्यक्ष विष्णु बहादुर खत्री पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पोखरा ।

स्याङ्जाको आँधिखोला गाउँपालिका(३का वडाध्यक्ष विष्णु बहादुर खत्री पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले खत्रीलाई हिजो (बुधबार) बेलुकी करिब साढे ७ बजे आँधिखोला ३ बिचारीचौतारास्थित आफ्नै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नागरिकताका लागि वडा मुचुल्कामा किर्ते सही गरेर सिफारिस गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। उनीसहित अन्य चार जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

किर्तेमा संलग्नहरुलाई कारवाहीको माग गर्दै हिजो बुधबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ५ जनाले वडाध्यक्ष खत्रीसहित अन्य ४ जनाविरुद्ध संयुक्त निवेदन दिएका थिए। सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

  • १७ चैत्र २०७८, बिहीबार १३:३४ प्रकाशित