फिस्टेल एकेडेमीमा पर्यटन व्यवसायी : भने, ‘सबै हिसावले अन्तर्राष्ट्रिय स्तरको स्कुल’

केन्द्रभाग मिडिया

पोखरा ।
फिष्टेल एकेडेमीमा पर्यटन व्यवसायीले अवलोकन गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईसहित पर्यटन सम्बद्ध संघसंस्था प्रमुख र व्यवसायीहरुले अवलोकन गरेका हुन् । गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दसकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो शिक्षा दिन सुरुगरेपछि उक्त विद्यालयबारे जिज्ञासा मेटाउन व्यवसायी अवलोकनमा गएका हुन् ।

विद्यालयका सबै कक्षहरु अबलोकन पछि आयोजित परिचय कार्यक्रममा बोल्दै पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईले विश्वका कुनैपनि अन्तर्राष्ट्रिय स्कुलभन्दा फिष्टेल एकेडेमी कम नरहेको धारणा राखे । आफूले विश्वको उत्कृष्ट विद्यालयहरु हेर्ने अवसर प्राप्त गरेको भन्दै उनले ‘यहाँको भौतिक पूर्वाधार, प्रयोग भएको प्रविधि विश्वमा अरु अन्तर्राष्ट्रिय स्तरका भन्दा कम छैन’ भने ।

फिष्टेल एकेडेमीका संस्थापक निर्देशक चिनु रानाभाट आफूहरुले पोखरामा राम्रो विद्यालय पढ्नुपर्ने मान्यतालाई स्थापित गर्न सफल भएको बताए । फिष्टेल एकेडेमी प्रदेशको गौरव गर्न लाएक सम्पत्तिको रुपमा आफूहरुले स्थापना गरेको उनको भनाई छ । पोखरामा अन्तर्राष्ट्रिय लेवलको, २१ औं सताब्दि सुहाउँदो अनि बुझ्ने र सक्ने अभिभावकका भौतिक र अन्य सबै हिसावले विद्यालयप्रति गर्व गर्नुपर्ने उनले बताए । कोभिड संक्रमण, शिक्षा र स्वास्थ्य सरकारी स्वामित्वमा हुनुपर्छ भन्ने मान्यताका बीच आफूहरुले हिम्मत गरेको उनले स्मरण गरे । रासस पोखरा प्रमुख बासुदेव पौडेलले पोखरेलीले गर्वगर्न लायक विद्यालय बनेको भन्दै आगामि दिन अझै सफलताको कामना गरे ।

उक्त अवसरमा विद्यालयमा शिक्षणका विधि लगायतका विभिन्न विषयमा विद्यालयका प्रचार्य डा. त्रिदेव उपाध्याय, विद्यालयका मिडल स्कुल कोअर्डिनेटर कमल लामिछाने लगायतले जानकारी दिएका थिए । बिरौटामा ३० रोपनी क्षेत्रफलमा वातानुकुलित र फराकिला कोठा छन् ।

विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी राखेर अध्यापन गराइएको, सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त रहेको, विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको, अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधासम्पन्न हल समेत रहेको उक्त अवसरमा जानकारी दिइएको छ ।

फिस्टेल एकेडेमी विगत देखि नै नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयका रुपमा चिनिदै आएको छ । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुल साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेतको व्यवस्था छ ।

हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भर्याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वासथ्यकर्मीको व्यवस्था गरेको छ ।

आधुनिक शैलीमा बनाइएको उक्त विद्यालयका भौतिक संरचनामा ८.५ रेक्टर सम्मको भूकम्प प्रतिरोधात्मक क्षेमता रहेको छ । विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था छ ।

  • १६ चैत्र २०७८, बुधबार १४:०९ प्रकाशित