लेखनाथमा मौरीपालन विषयको सिप विकास तालिम सुरु

केन्द्रभाग मिडिया

लेखनाथ ।

लेखनाथ उद्योग बाणिज्य संघ र व्यवसायीक सिप तथा तालिम परिषद CTEVT गण्डकी प्रदेशको आयोजनामा मौरी पालन विषयको सिप विकास तालिम सुरु भएको छ । आज सोमबार देखि लेखनाथ उद्योग वाणिज्य संघको तालिम कक्षमा सुरु भएको तालिम १२ दिन सम्म सञ्चालन हुने लेउवाले जनाएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक ध्रुबबावु भट्टराईको संयोजकत्वमा आज उद्घाटन शत्र सम्पन्न भयो ।

तालिमको उद्घाटन समारोहलाई बोल्दै संघका अध्यक्ष छत्रधर आत्रेय र  CTEVT गण्डकी प्रदेशका प्राबिधिक अधिकृत बिकल अधिकारीले सिप बिकास तालिमको माध्यमबाट आयआर्जन गर्न यस्ता किसिमका तालिम महत्वपुर्ण साबित हुनेमा जोड दिए ।  CTEVT सिप सिकाउने बिद्यालय भएकाले आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरे ।

तालिम उद्घाटन समारोहमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष भरतराज ओझा लगायत कार्यसमिति सदस्यहरु उपस्थिति रहेकोे तालिमको उद्धेश्य माथि संघका उपमहासचिव जानुका पराजुली अधिकारीले प्रकाश पारेका थिए । दिपशिखा महिला कृषि सहकारी संस्थामा आवद्ध २० जना सहभागी रहेको कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए ।

  • १४ चैत्र २०७८, सोमबार १६:४८ प्रकाशित