बार अध्यक्षका लागि अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले गरे उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी चैत्र १९ गते हुन लागेको नेपाल बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

पेसागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि आज पत्रकार सम्मेलन मार्फत अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् । ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेसागत स्वतन्त्र तर्फबाट उम्मेदवारी रहेको बताइन् ।

यस्तै अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता घिमिरेले राजनीतिक दलबाट दुई प्यानल चुनावमा उत्रिएको भन्दै विगतमा पनि राजनीतिक दलका प्यानलका नेतृत्वले न्यायालयलाई फाइदा नपुर्‍याएको दाबी गरे ।

अध्यक्ष पदको लागि आगामी निर्वाचनमा ८ जना उम्मेदवार रहेको समेत उनले जानकारी दिए ।

  • १३ चैत्र २०७८, आईतवार १६:१६ प्रकाशित