यातायात व्यवसायीले दिए आफै भाडा वृद्धि गर्ने चेतावनी

केन्द्रभाग मिडिया

बुटवल ।

बुटवलका यातायात व्यवसायीहरुले तेलको मुल्य बढेको भन्दै भाडा समायोजनको माग गरेका छन् ।

वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा वृद्धि गर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् । दिनदिनै तेलको मुल्य बढ्ने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश पोखेका छन् ।

यातायात प्रालि बुटवलको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई आफूहरुले दिएको अल्टिमेटम सकिएको र यही १५ गतेसम्म भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा तोक्न बाध्य हुने चेतावनी दिए ।

उनले अन्य केही प्रदेशका पनि यस्तै तयारी भइरहेको बताउँदै भाडादर समायोजनमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

  • १३ चैत्र २०७८, आईतवार १५:२२ प्रकाशित