सर्लाहीमा बस दुर्घटना, ४ जनाको मृत्यु

केन्द्रभाग मिडिया

सर्लाही।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा बस दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सर्लाहीको फुलजोरमा आज बिहान भएको उक्त दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

  • १३ चैत्र २०७८, आईतवार १४:०८ प्रकाशित