विजयपुरमा दुर्घटना : स्कुटर चालक किस्मत वाग्लेको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा स्कुटर दुर्घटना एक युवकको ज्यान गएको छ।

पोखरा महानगरपालिका–२७ विजयपुरमा आज बिहीबार भएको स्कुटर दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो। ज्यान जानेमा स्कुटर चालक पोखरा १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् ।

पैदलयात्री महिला भने उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १० चैत्र २०७८, बिहीबार १६:३६ प्रकाशित