कुलमानले भने,‘ संकट छ तर लोडसेडिङ हुँन दिन्नौ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको संकट भएपनि लोडसेडिङ हुन नदिने बताएका छन्।

लोडसेडिङ हुने भन्ने हल्ला चलिरहेको बेला बिहीबार पत्रकार सम्मेलन गरेर घिसिङले उद्योगसहित कतै पनि लोडसेडिङ हुन नहुने दाबी गरेका हुन् ।‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’

भारतमा विद्युत्को भाउ महँगिएसँगै ऊर्जा संकट भएको छ । नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले भोली शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । प्राधिकरणले महंगोमा विद्युत किने पनि पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गर्ने कुलमानको भनाइ छ ।

यसअघि प्राधिकरण ८ रुपैयाँ आईसीमा विद्युत खरिद गर्दै आएको थियो ।

  • १० चैत्र २०७८, बिहीबार १५:३१ प्रकाशित