कास्की अदालत तोडफोड गर्ने पक्राउ : ड्रग्स खोज्न फोडेका थिए इजलास कक्ष

केन्द्रभाग मिडिया

पोखरा ।

  जिल्ला अदालत कास्कीको इजलास कक्ष तोडफोड गर्ने युवक पक्राउ परेका छन् ।

मंगलबार राती जिल्ला अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड गर्ने पोखरा १५ टुटुंगा बस्ने २७ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो ।

लागू पदार्थ खान नपाएका कारण लागूऔषध पाउने आसमा अदालतको मूल ढोका फोडेर अदालत प्रवेश गरेको प्रहरीले बताए । अदालतमा म्याद थपका लागि लगिँदा मुचुल्का गरी नष्ट गर्न राखिएका लागूपदार्थ देखेका अर्जुनले लागू औषध पाईने आशामा रडको प्रयोग गरी ढोका फोडेर अदालतका मिसिल फाईलहरु समेत छरपष्ट पारेको स्वीकार गरेको प्रहरीले जानकारी दिए ।

अदालतमा तोडफोड भएको घटना थाहा पाएसँगै अनुसन्धान थालेको कास्की प्रहरीले अर्जुनलाई पक्राउ गर्न धेरै मेहनत गर्न परेन । पहिलेपनि पटक पटक यस्ता मुद्धामा पक्राउ पर्ने गरेका अर्जुनलाई प्रहरीको सुक्ष्म अनुसन्धानले सहजै पक्राउ गरेको हो । पक्राउ परेका परियार यसअघि पनि विभिन्न मुद्धामा ७ पटक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता(डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

यसअघि उनी २०७६ चैत ९ गते लागू औषध कसुरमा कारागारबाट थुनामुक्त भएका थिए ।

  • १० चैत्र २०७८, बिहीबार १३:५७ प्रकाशित