त्रिभुवन विमानस्थलमा आज दिनभर उडान प्रभावित हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिनभर उडान प्रभावित हुने भएको छ । सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको हो।

सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा भनिएको छ,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने छ ।

  • १० चैत्र २०७८, बिहीबार ०९:३२ प्रकाशित