माओवादी गण्डकी प्रदेशमा पदाधिकारी चयन(को–को छानिए सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशमा पदाधिकारी चयन भएको छ ।

बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे चयन भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित भए भने कोषाध्यक्षमा तारा भुषाल चयन भएका छन् ।

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम)यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।

  • १० चैत्र २०७८, बिहीबार ०८:५३ प्रकाशित