श्रीमतीको कुटाईबाट श्रीमान्‌को मृत्यु

केन्द्रभाग मिडिया

हेटौंडा ।

हेटौंडामा श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको छ ।हेटौँडा उपमहानगरपालिका ३ जम्बोमा ४१ वर्षीया अनिता विकको कुटाइबाट श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

मंगलबार बेलुकी घरायसी विवादका क्रममा श्रीमानश्रीमतीबीच कुटाकुट भएको बताइएको छ । श्रीमतीको कुटाईबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई मकवानपुर प्रहरीले पक्रेको छ ।

  • ९ चैत्र २०७८, बुधबार १०:४० प्रकाशित