सुक्खा पहिरो खस्दा एक्स्काभेटर पुरियो, चालक घाईते

केन्द्रभाग मिडिया

सल्यान ।

दाङ–सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

सल्यानको कपुरकोट(३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको छ। जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले गरेको छ ।

  • ९ चैत्र २०७८, बुधबार ०९:५८ प्रकाशित