थप ४४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना निको भएका छन् भने हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ हजार ६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • ८ चैत्र २०७८, मंगलवार १६:१९ प्रकाशित