पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको निधन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको निधन भएको छ ।

पूर्व मेयर कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा सोमबार(हिजो)निधन भएको हो । ९८ वर्षीय कार्कीको केही दिनदेखि स्वास्थ्यमा खराबी आएको थियो ।

पोखराका लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी, विकास अभियन्तासमते हुँदै कार्की लामो समय पोखरा नगर पञ्चायतको भए । कार्की आधुनिक पोखराका नायकका नामले परिचित छन् । उनले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक यूगको शहर उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पोखरा नगर पञ्चायतको नेतृत्व गरेको कार्की मध्यकालिन ग्रामिण पोखरालाई आधुनिक युगमा पुर्‍याउन योगदान छ ।कार्कीको चार छोरा र आठ छोरी छन् ।

  • ८ चैत्र २०७८, मंगलवार १४:१७ प्रकाशित