यस्तो छ मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भ-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक/ दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

  • ८ चैत्र २०७८, मंगलवार ०८:०४ प्रकाशित