पोखरामा अमेरिकी नागरिकको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरामा एक अमेरिकी नागरिकको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा ज्यान गएको हो । स्थानीयवासीको सहयोगमा लडेकोस्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । रासस

  • ११ श्रावण २०८३, सोमबार १७:१४ प्रकाशित