अझै पनि निर्वाचन सार्ने षडयन्त्र भइरहेछ : केपी ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् । सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनावबारे गठबन्धनसँग परामर्श गर्ने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने गरेको भन्दै कलात्मक ढंगले चुनाव सार्ने षडयन्त्र भएको बताएका हुन् ।

ओलीले भनेका छन् ,‘गठबन्धनसँग परामर्श हुने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने तरिका ठिक भएन’, ओलीको भनाइ छ ।अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने, ‘दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन् ।’

आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको उनले बताए।

  • ७ चैत्र २०७८, सोमबार १३:४० प्रकाशित