आज सिन्धुली जाँदै प्रचण्डः यस्ता छन् कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदै छन्।माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटनका लागि प्रचण्ड शुक्रबार दिउँसो सिन्धुली जान लागेका हुन्।

प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।भोली पार्टी कार्यालयको नव निर्मित भवन उद्घाटन उद्घाटन गर्ने कार्यक्रम छ।

आज सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवासमा अवस्थित सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित भवनको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आजै प्रचण्डले सिन्धुलीका उद्योगी व्यापारीसँग पनि भेटघाट र छलफल गर्नेछन्। सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग प्रचण्डले भेटघाट गर्न लागेका हुन्।

त्यसैगरी कमलामाई नगरपालिका –६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि आजै प्रचण्डले अवलोकन गर्ने कार्यक्रम छ। प्रचण्ड आज बेलुका सिन्धुलीमै बस्ने भएका छन् ।

  • ४ चैत्र २०७८, शुक्रबार ०९:४७ प्रकाशित