एमालेले झुक्काएर माओवादी नेतालाई पार्टी प्रवेश गराएपछि…

केन्द्रभाग मिडिया

दाङ ।
दाङको तुलसीपुरमा एमालेले माओवादी नेतालाई झुक्काएर पार्टी प्रवेश गराएका छन् । कुलोको समिति गठन गर्ने भनेर बोलाएर माओवादीका चार जना नेतालाई एमालेले झुक्काएर हस्ताक्षर गर्न लगाई पार्टी प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रका ती चार जना नेताले आफुहरुलाई कुलोको समिति गठन गर्ने भनेर बोलाएर एमाले प्रवेश गराएको भन्दै आपत्ति जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आफूहरू माओवादी केन्द्रमै रहेको बताएका छन् ।

माओवादी नेताहरू सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले संयुक्त विज्ञप्ति निकालेर आफूहरू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएका हुन् ।

उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘२६ फागुनमा तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीहरुलाई बोलाइयो । त्यहाँ कुलोको समिति भनि सीताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो । तर, पछि सामाजिक सञ्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,।’

विज्ञप्तिमा भनिएको छ, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेको र अहिले पनि माओवादी केन्द्रमै रहेको कुरा जानकारी गराउँदै एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले पनि विश्वास नगर्न हुन् अनुरोध गर्दछु ।’

  • २ चैत्र २०७८, बुधबार १४:०९ प्रकाशित