आरोही निर्मल पूर्जालाई बेलायतमा ‘फ्रिडम अफ दि बरो’ उपाधि

केन्द्रभाग मिडिया

हिमाल आरोहणमा र्वल्ड रेकर्ड बनाएका पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई बेलायतमा सम्मान गरिएको छ।

बेलायतको ईष्टली बरो काउन्सिलले पुर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरेको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७ औँ व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाइ दिइन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् ।

  • २ चैत्र २०७८, बुधबार १३:५६ प्रकाशित