पाल्पामा जलेर एक पुरुषको मृत्यु

केन्द्रभाग मिडिया

पाल्पा ।

पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो ।

टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागीमा परेका हुन् । उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको ९नाले० घरमा सुतेका थिए ।आगलागी के कारण भएको भन्ने खुलेको छैन ।

  • २ चैत्र २०७८, बुधबार १२:३२ प्रकाशित