अबको दुई वर्षमा देशका सबै घरमा बिजुली : मन्त्री भुसाल

केन्द्रभाग मिडिया

File photo

सर्लाही ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षभित्रमा देशका सबै घरमा बिजुली बत्ती पुर्याउने प्रतिवद्धता गरेकी छन्।

सर्लाहीको नवलपुरमा निर्मित १३२/३३ केभी सवस्टेसनको आज उद्घटन गर्दै मन्त्री भुसालले अब जस्तोसुकै दुरदराजका नागरिकले पनि बिजुलीको उज्यालोबाट बञ्चित हुनु नपर्ने दाबी गरिन्।

आफूले गरिब घर परिवारलाई निःशुल्क विजुली दिने व्यवस्था मिलाएको भन्दै उनले त्यसबाट हाल देशभरका साढे २६ लाख परिवार लाभान्वित भएको बताइन् ।

‘२० युनिट भन्दा कम विजुली खपत गर्ने साढे २६ लाख परिवारलाई हामीले निःशुल्क विजुली दिएका छौँ। अब हाम्रो ध्यान विजुलीको खपत बढाउने तर्फ केन्द्रीत भएको छ,’ मन्त्री भुसालले भनिन्, ‘त्यसका लागि भान्सामा एलपी ग्यासको सट्टा विद्युत् चुल्हो प्रयोग गर्न, विजुलीको उपयोगबाट सिंचाईको व्यवस्था गर्न हामीले नागरिकलाई आह्वान गरिरहेका छौँ।’

उनले सिंचाइको लागि प्रतियुनिट २ रुपैयाँमै बिजुली दिने व्यवस्था मिलाइएको जानकारी दिइन्।

  • १ चैत्र २०७८, मंगलवार १६:०८ प्रकाशित