एमाले संसदीय दलको बैठक सुरुः बैठक स्थलबाट पत्रकारलाई बाहिर निकालियो

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो । बैठक स्थलबाट पत्रकारलाई बाहिर निकालेर अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन थालेको बताइएको छ।

हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले अबको रणनीतिका बारेमा औपचारिक निर्णय गर्न बैठक डाकिएको हो ।

एमाले नेताहरूका अनुसार राणाविरुद्धको महाभियोग प्रस्तावका विरुद्ध एमालेले काउन्टर स्वरूप सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारीमा छ ।

त्यसका लागि हस्ताक्षर अभियान नै सुरु गरेको एमालेले दलको बैठकमा औपचारिक निर्णय गरेर अघि बढ्ने योजना बनाएको छ ।

एमालेमा सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग लगाएकाले संसद् विघटन बदर गर्ने अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

तर न्यायाधीशविरुद्धको महाभियोगबारे भने एमालेले सुझबुझपछि मात्रै निर्णय गर्ने बुझिएको छ ।

  • २ फाल्गुन २०७८, सोमबार १२:५३ प्रकाशित