पोखरा ।
फेवा तालको मापदण्ड मिचेर बनेको संरचना हटाउन पुगेका गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिषरण आचार्यले जग्गा अतिक्रमण गरेको भने पछि स्थानीय प्रेम भट्टराई झोकीए । उनले भने, आफ्नो जग्गामा पर्खाल लगाउदा अतिक्रण भन्ने । मन्त्रीले यो अतिक्रमण नै हो, जग्गा अतिक्राण गर्ने अझै चर्को बोल्ने भने पछि भट्टराई तातेका थिए ।
पोखरा १८ खपौदी स्थित फेवातालको किनारमा बनेको संरचना हटाउन पुगेका मन्त्री आचार्य र स्थानीय विच भनाभन भएको हो । पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहित मन्त्री आचार्य त्यहा पुगेका थिए ।
उनले आपु जग्गा संरक्षणको अभियानमा रहेको पनि बताए । कसैले पनि प्राकृतिक सम्पदाको जग्गा अतिक्राण गरे कारवाही गर्ने पनि बताए ।
यो भिडियो हेरौँ ।