नेपालको यो जिल्ला, जहाँ हिउँ साँधेर खाने र हिउँको पानीले बालबालिकालाई नुहाइदिने चलन छ!

केन्द्रभाग मिडिया

हुम्ला ।

अहिले देशभर वर्षा भईरहेको छ भने उच्च हिमाली पहाडी भेगमा भारी हिमपात भएको छ ।हुम्लामा भीषण हिमपात भएको छ । हिमपातका बेला हिउँ नपर्ने ठाउँका मानिस हिउँ खेल्नका लागि हिउँ परेको ठाउँ पुग्ने गर्छन ।

नेपालको केही जिल्ला जहाँ, एक अनौठो चलन छ । जुम्लालगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहेको छ।

जुम्लेलीको अनुसार हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।

अहिलेभन्दा पनि फागुन(चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको त्यहाँ स्थानीय बताउँछन् ।त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाडौंसम्म पुर्‍याउने गर्छन ।

जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको स्थानीय बताउँछन् ।चैत –वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ।

गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको जुम्लेलीको भनाई छ ।

  • १४ पुष २०७८, बुधबार १३:३३ प्रकाशित