काठमाडौ महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन

केन्द्रभाग मिडिया

पोखरा । काठमाडौं महानगरपालिकामा तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा स्थानीयले फोहोर थुपारेर प्रदर्शन गरेका छन ।

युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् ।

जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।

 

  • १४ भाद्र २०७८, सोमबार १६:२३ प्रकाशित