कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । शुक्रबार भएको मतगणनामा प्रदेश २ को महिलातर्फ यादव निर्वाचित भएकी हुन् ।

प्रदेश २ को भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी चित्रलेखाले ४६६२ मतमध्ये २७३१ मत पाइन् भने निकटतम प्रतिस्पर्धी गीता यादवले १८८५ मत मात्र ल्याइन् । केन्द्रीय सदस्यको अन्य सिटको मतगणना जारी छ।

 

  • ३ पुष २०७८, शनिबार १०:३१ प्रकाशित